हाम्रो-बारे

शोधखोज पत्रकारिता गुठी 

हामी

नेपालका अनुभवी पत्रकारहरूको सक्रियतामा २०७८ सालमा ‘शोधखोज पत्रकारिता गुठी’ स्थापना भएको हो । गैरनाफामूलक यो गुठी कम्पनी रजिष्ट्रारको कार्यालयमा मुनाफा नकमाउने संस्थाका रूपमा दर्ता छ । 


हाम्रो आवश्यकता

नागरिकको आवाज मुखरित गरी समाजमा सार्थक परिवर्तन ल्याउन गरिने पत्रकारिताको गहन एवं निर्णायक भूमिका हुन्छ । नेपाली सञ्चारजगत र पत्रकारिता थरी–थरीको व्यापारिक एवं राजनीतिक समूह र शक्तिकेन्द्रको दबाब अनि प्रभावबाट मुक्त हुन नसकिरहेको सन्दर्भमा सार्वजनिक हितका पक्षमा सशक्त पहरेदारी गर्ने अवधारणा अनुरूप गुठीको स्थापना गर्नुपरेको हो । 


हाम्रो लक्ष्य

विज्ञापनदाता र शक्तिकेन्द्रहरू अर्थात् स्रोत, शक्ति र सत्ताको प्रभावबाट मुक्त शोध–खोज पत्रकारिताले मात्रै सही अर्थमा सार्वजनिक हितको रक्षा गर्न सक्दछ भन्ने गुठीको मूल मान्यता हो । दबाब–प्रभावरहित गहन एवं शोधपूर्ण खोज पत्रकारिता मार्फत सार्वजनिक हित प्रवद्र्धन गर्न गुठीले निर्भीक, दक्ष र अनुभवी पत्रकार, स्वतन्त्र तथा गैरनाफामूलक मिडिया र सम्पादकीय निर्णयमा हस्तक्षेप नगर्ने दाताहरूको परस्पर सहकार्यबाट विज्ञापनरहित वेब पोर्टल र समाचार कक्षको अभ्यास गर्ने लक्ष्य राखेको छ । 



हाम्रो माध्यम

शोधखोज पत्रकारिता गुठीले तयार गरेका शोधपूर्ण खोज सामग्री गुठीको विज्ञापनरहित वेब पोर्टल शोध–खोज डटकम ९कजयमजपजयव।आफ्नोमार्फत सम्प्रेषण गरिनेछ । हाम्रो वेब पोर्टलमा प्रकाशित खोज सामग्रीहरू अरू सञ्चारमाध्यमले पनि क्रेडिट सहित प्रकाशन तथा प्रसारण गर्न सक्नेछन्।


हाम्रो अपेक्षा

पाठक, दर्शक र श्रोताको सहयोगको बलमा चल्ने शोधखोज पत्रकारिता गुठी देशमा प्रणालीगत विकृति, कमजोरी र बेथितिको पर्दा उघार्न अग्रसर छ । संस्थाको स्थापना र संचालन संस्थापक गुठियारहरूको व्यक्तिगत लगानीबाट भएको र विज्ञापनरहित समाचार कक्षको सुसंचालनका लागि हामीले निस्वार्थ दाताको दान–दातव्य र सहयोगको अपेक्षा गरेका छौं । समाजको बृहत्तर हितमा प्रभावकारी खोज पत्रकारिताको चाहना राख्ने व्यक्ति तथा संस्थाबाट निस्वार्थ रूपमा प्राप्त हुने दान तथा सहयोग स्वीकार्ने गुठीको नीति छ । 


शोधखोज पत्रकारिता गुठी

भनिमण्डल, ललितपुर

This site uses cookies. By continuing to browse the site you are agreeing to our use of cookies Find out more here